चितवनमा एक बृद्धाको मृत्यु भएको दुई दिनपछि कोरोना पुष्टि

हेल्थपोस्ट नेपाल

चितवनमा एक बृद्धाको मृत्यु भएको दुई दिन पछि कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मुत्यु भएकी बृद्धाको शुक्रबार(आज) कोरोना पुष्टि भएको पुरानो मेडिकल कलेजले जानकारी दिएको छ ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका तीन, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।



Leave a Reply

Your email address will not be published.