हटस्पट वीरगन्जमा संकमण दर घट्दाे, अस्पताल खाली हुँदै

आराेहण शाह/वीरगन्ज
प्रकाशित
२०७७ भदौ २६ गते १५:०२

कोरोना हटस्पट बनेका वीरगन्ज यतिबेला कोरोना भाइरसबाट संक्रमित हुनेको निको हुने संख्या बढिरहेको छ।

कोरोना संक्रमितको संख्या घट्दै गएको छ। निको हुने संख्या बढ्दै गएपछि कोरोना संक्रमितको उपचारका लागि बनाइएको अस्थायी कोभिड अस्पताल पनि खाली हुन थालेको छ।

पछिल्लो समयमा वीरगन्ज महानगरपालिका तथा पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएकोले अस्थायी कोभिड अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्।

वीरगन्जको नारायणी अस्पतालमातहतमा सञ्चालित वीरगन्ज हेल्थ केयर अस्थायी विशेष अस्पतालको आइसोलेसनमा रहेका सम्पूर्ण संक्रमित डिस्चार्ज भएर घर फर्किएपछि मंगलबारदेखि अस्पताल खाली भएको छ।

केही दिनदेखि संक्रमितको संख्यामा कमी आएसँगै आज शुक्रबार जिल्लामा जम्मा २ जनामात्रै कोरोना संक्रमित भेटिएका छन्। योसँगै पर्सामा भदौ २६ गतेसम्म कुल संक्रमितको संख्या २ हजार ४ सय २९ पुगेको छ भने कोरोनामुक्त भई घर फर्कनेको संख्या १ हजार ६ सय ३० पुगेको हो।

पछिल्लो समय संक्रमितको संख्यामा कमी आउनु तथा संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या बढ्दै गएपछि वीरगन्जमा बनाइएको एउटा कोभिड अस्पताल खाली भएको छ।

यस्तै मृत्यु हुनेको संख्या ४२ छ। बिहीबार बिभिन्न आइसोलेसनबाट ४९ जना संक्रमित निको भएर घर फर्केको प्रशासनले जनाएको छ।

पछिल्लो समय संक्रमितको संख्यामा कमी आउनु तथा संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या बढ्दै गएपछि वीरगन्जमा बनाइएको एउटा कोभिड अस्पताल खाली भएको छ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि संक्रमितको उपचारका लागि नारायणी अस्पतालमातहत सञ्चालन गरिएको दुई अस्थायी विशेष अस्पताल वीरगन्ज हेल्थ केयर अस्पताल र गण्डक अस्पताल छन्।

त्यसमा हेल्थ केयर अस्पतालमा संक्रमितको संख्या शून्य भएको जिल्ला प्रशासनले जनाएको छ।

बिहीबार जिल्ला प्रशासनले दिएको जानकारी अनुसार ७० बेडको अस्थायी कोरोना बिशेष गण्डक अस्पतालमा हाल ३९ जनामात्रै उपचाररत छन् भने अर्को कोरोना विशेष वीरगन्ज हेल्थ केयर अस्पतालमा १ सय २० बेडको व्यवस्था गरिएकोमा अहिले एकजना पनि संक्रमित उपचाररत नरहेको प्रशासनले जानकारी गराएको छ।

हाल पर्साका विभिन्न स्थानमा कुल ६ सय ८८ बेडको सामुदायिक आइसोलेसनमा १ सय ५० जनामात्रै कोरोना संक्रमित रहेका छन्।

कोभिड अस्पताल खालीपछि जनरलमा परिर्वतन

साउन महिनदेखि वीरगन्जमा एकपछि अर्को संक्रमित भेटिन थालेपछि उपचार गर्ने ठाउँ नै अभाव भएको थियो।

पछिल्लो समयमा वीरगन्जमा कोरोना संक्रमण वृद्धि भएसँगै सामान्य ज्वरो, खोकी र श्वासप्रश्वासका बिरामीले उपचार पाउन सकेको थिएन।

संक्रमितमा लक्षण पनि देखिएका कारण भेन्टिलेटर र अक्सिजन व्यवस्थापन चुनौतीपूर्ण बन्यो।

वीरगन्जमा साउन महिनादेखि कोरोना भाइरस संक्रमणको अवस्था दिनप्रतिदिन विकराल बन्दै गएपछि वीरगन्ज हेल्थ केयर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरेको थियो।

अहिले यो सातादेखि कोरोना निको हुनेको संख्या बढेपछि अस्पताल खाली भएको छ। अस्पताल खाली भएसँगै अस्पताललाई सेनेटाइज गरी निसंक्रमण गरेर पुनः जनरल अस्पताल बनाउने तयारीमा भइरहेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए।

अहिले यो सातादेखि कोरोना निको हुनेको संख्या बढेपछि अस्पताल खाली भएको छ। अस्पताल खाली भएसँगै अस्पताललाई सेनेटाइज गरी निसंक्रमण गरेर पुनः जनरल अस्पताल बनाउने तयारीमा भइरहेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए।

एक सातादेखि वीरगन्ज हेल्थ केयरमा कुनै पनि नयाँ संक्रमित नआएको र तीन सयभन्दा बढी संक्रमित निको भई घर फर्किएपछि अस्पताललाई अब जनरल सेवामा लैजाने तयारी गरिएको अन्सारीले बताए।

उनले अवस्था नियन्त्रणमा नै रहे जनरल अस्पतालको रूपमा सेवा प्रदान गरिने दाबी गरे।

यसैबीच जनरल सेवा सञ्चालन भए पनि अस्पतालमा १५ बेडको कोभिड युनिट भने सञ्चालनमा रहने अन्सारीले जानकारी गराए।

कसरी संक्रमण घट्यो?

लकडाउन खुकुलो भएकोका बेला वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगमा भारतबाट श्रमिक पुनः काममा आउँदा कोरोना संक्रमण बढेको थियो।

सीमामा प्रहरी तैनाथ भए पनि लुकिछिपी आउने क्रम रोकिएको थिएन। लकडाउन खुकुलो भएको केही दिन नबित्दै पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको अवस्थामा समुदाय स्तरमै फैलिन थाल्यो।

बारा र पर्सा प्रशासनसँगै उद्योगीहरूले मौखिक सहमतिमा बाहिरबाट थप श्रमिक नल्याउने, काममा खटिएकालाई बाहिर जान नदिने, गाँसबासको व्यवस्था भित्रै गर्ने गरियो। यो निर्णय त्यतिखेर लिइएको हो, जब पर्सासँगै बारा पनि कोरोनाको ‘हटस्पट’ बनिसकेको थियो।

खुला नाकाबाट पर्सा कोरोनाको कहर बन्यो। यसले व्यापक अलोचना भयो। सीमा नाकामा कडाइ गरेपछि संक्रमण घट्दै गएको प्रशासनको भनाइ छ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ पर्सामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षणलाई तीव्रता दिइएको तथा कन्ट्याक ट्रेसिङ र संक्रमितको व्यवस्थापन प्रभावकारी भएका कारण कोरोना नियन्त्रणमा आएको दाबी गर्छन्।

विगतमा कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका कार्य व्यवस्थित रूपले सञ्चालन हुन नसक्दा वीरगन्जमा संक्रमितको मृत्युदर बढेको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङ्गले हाल नियन्त्रण तथा रोकथामका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएपछि संक्रमित हुनेको संख्या पनि घट्दै गएको र मृत्युदरसमेत अत्यन्त न्युन रहेको बताए ।

पर्साको अवस्था असोज १ गतेबाट मात्रै सामान्य बन्नसक्ने दाबी गर्दै उनले यसमा सबै जनताको सहयोग रहेकाले सफलता हात परेको बताए।

पर्सा जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या बढिरहेको अवस्थामा मास टेस्टिङ र कन्ट्रयाक टेस्टिङ कार्यलाई तीब्रता दिइएको थियो।

साउन महिनादेखि वीरगन्ज कोरोनाको हब नै बनेपछि नारायणी अस्पतालको प्रयोगशालमा दैनिक ४ सयदेखि ६ सय जनाको हाराहारीमा स्वाब संकलन गरी परीक्षणमा ४० देखि १ सय जनाबीचमा कोरोना संक्रमण पुष्टि भइरहेको थियो।

तर अहिले भदौको अन्तिम सातामा बारा ,पर्सा र रौतहटमा गरी २ सय देखि ३ सयको स्वाब संकलन गरेर परीक्षण गर्दा ५० जनाभन्दा तल नै संक्रमित पुष्टि भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय