प्रेस काउन्सिल र चिकित्सक संघबीच १२ बुँदे सम्झौता

प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीच १२ बुँदे सहमति भएको छ।

समय सापेक्ष चिकित्सा क्षेत्र र स्वास्थ्य सेवा सम्बन्धी न्युनतम रुपमा आवश्यक प्राविधिक ज्ञान, औजारहरु र मेडिकल जर्नल लगायत चिकित्सक आचासंहिता र पत्रकारीता आचारसंहिताका विषयमा देशका विभिन्न भागमा स्वास्थ्य पत्रकारीता गर्न इच्छुक सञ्चारकर्मीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेबारे दुई पक्षबीच सम्झौता भएको हो।

शुक्रबार भएको सम्झौता पत्रमा प्रेस काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मीको छनौट गरी मेडिकल पत्रकारीता सम्बन्धी प्रशिक्षण कार्यक्रमको पाठ्यक्रम निर्माण गर्ने, पाठ्यक्रम निर्माण गर्न विशृषज्ञ चिकित्सकहरले विज्ञहरुसंग सहकार्य गर्ने, दुवै पक्षको समन्वयमा प्रशिक्षण पुस्तिका, सहभागितामुलक पुस्तिका र सन्दर्भ पुस्तिका तयार पार्ने र पाठ्यक्रम र प्रशिक्षण पुस्तिछका स्वीकृत र अनुमोदन गराउने सम्झौता भएको छ।

त्यस्तै, काठमाडौं उपत्यका र बाहिरबाट समेत प्रशिक्षक–प्रशिक्षण तालिमबाट आवश्यक प्रशिक्षक उत्पादन गर्ने, सातवटै प्रदेशमा कार्यरत स्थानीय पत्रकारलाई क्रियाशिल विज्ञ पत्रकारको रुपमा विकसित गरी स्वास्थ्य पत्रकारीतामा विषयमा प्रशिक्षण दिने र दुवै संस्थाको हकहित र व्यवसायिक दक्षताका लागि निरन्तर सहकार्य गर्ने र सबै कार्यका लागि आवश्यक स्रोत–साधनको व्यवस्था चिकित्सक संघले गर्नुपर्ने सम्झौता भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय