चितवनमा एकै दिन ८८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ८८ जना कोराना संक्रमण पुष्टि भएको छ। । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा चितवनका ७१ सहित ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड–१९ प्रयोगशालामा २ सय ६७ नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो । आज (शुक्रबार) विहान सिमएसीले सार्वजनिक गरेको विवरण अनुसार भरतपुर महानगरका ३४ जना, खैरहनीका ४ जना, रत्ननगरका २ जना छन् । भरतपुर वडा नम्बर १० का ९ जना छन् ।

२, १२ मा चार चार जना संक्रमित भेटिएका छन् । १, ८, ११ मा तीन तीन जना, ३, ४ मा दुई÷दुई जना, वडानम्बर ५, ७, ९, २६ मा एक एक जना छन् । खैरहनीको ७ मा २ जना, ५ र ६ मा एक एक जना संक्रमित भेटिएका छन् ।

रत्ननगका १२ र १४ मा एक एक जना छन् । नवलपुरमा ४ जना, गोर्खाका ३ जना, तनहुँ र मकवानपुरका दुई दुई जना, रुपन्देही, बाराका एक एक जना छन् । यसअघि भरतपुर अस्पतालमा चितवनका ३१ जना सहित ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको विवरण सार्वजनिक गरेको थियो ।

भरतपुर अस्पतालले बिहीबार राती ११ बजेसम्म गरेको परीक्षणमा भरतपुर ३, १०, ११, १२, २६ मा ३१ जना संक्रमति भेटिएका थिए । गैडाकोटका २ र पर्सा ठोरीका १ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय