चितवनका १२ अस्पतालका १६७ चिकित्सक/स्वास्थ्यकर्मीमा कोरोना

भदौं २६:  चितवन जिल्लामा आजसम्म १ सय ६७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

भदौ २३ साँझसम्म जिल्लाका विभिन्न १२ वटा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

जसमा सबैभन्दा बढि जिल्लाका ठुला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

चितवन मेडिकल कलेजका ३९, भरतपुर अस्पतालका ३६, पुरानो मेडिकल कलेजका ३४, क्यान्सर अस्पतालका २७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

त्यस्तै विभिन्न सरकारी स्वास्थ्य संस्थाका ९, निजी स्वास्थ्य संस्थाका ७, नारायणी सामुदायी अस्पतालका ६, पुष्पाञ्जली अस्पतालका ३, मौलाकालिका अस्पतालका २, सेन्ट्रल अस्पतालका २, मनकामना अस्पतालका १ र रत्ननगर अस्पतालका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यलयका अनुसार हालसम्म ६६जना सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि भैसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय