पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप जनाको मृत्यु भएको छ।

काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाकारी दिएको छ।

२४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जनाकारी दिए।

नेपालमा हालसम्म ५० हजार ४ सय ६५ जना संक्रमित भइसकेका छन्। संक्रमित मध्ये ३५ हजार ७ सय निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

बिहीबार साँझसम्म मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट ३ सय १७ जनाको मत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय