चितवनमा कोराना संक्रमितको उपचारमा ‘रेमडेसिभिर’को प्रयोग सुरु

हेल्थपोस्ट/चितवन
प्रकाशित
२०७७ भदौ २५ गते १९:४९

भदौ २५ – चितवनमा कोरोना भाइरसका (कोभिड–१९)का बिरामीलाई रेमडेसिभिर  एन्टिभाइरल औषधी प्रयोग गर्न थालिएको छ ।

सरकारले कोरोना भाइरसका बिरामीलाई रेमडेसिभिर एन्टिभाइरल औषधी प्रयोग गर्न अनुमति दिएपछि भरतपुर अस्पताल, चितवन मेडिकल कजेज र पुरानो मेडिकल कलेजले सो औषधी प्रयोग गर्न लागेका हुन् ।

सक्रमितको उपचारमा प्रभावकारी देखिएको औषधि भरतपुर अस्पतालले आज(बिहिबार)देखि प्रयोग गर्न थालेको अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए ।  बिरामीलाई प्रयोग गर्नका लागि भरतपुर अस्पतालले ५० भाईल रेम्डेसिभर एन्टिभाईरल औषधी खरिद गरेर ल्याएको छ ।

निमोनिया देखिएर श्वासप्रसासमा समस्या भएका जटिल बिरामीलाई औषधी प्रयोग गरिने डा. सापकोटाले बताए । केही अनुसन्धानले रेम्डेसिभिर चलाउँदा कोरोना संक्रमितलाई राम्रो देखिएपनि पुर्ण रुपमा विश्वास गर्ने आधार भने नरहेको उनको भनाई छ । त्यसकारण बिरामीको स्वीकृत लिएर चिकित्सकले औषधी प्रयोग गर्ने गरेका छन् ।

‘अहिले हामीले कोरोना संक्रमितलाई प्रयोग गर्न लागिएको औषधी इभोला भाईरसका लागि बनाईको हो । इभोलाको उपचारमा प्रभावकारी भएन । कोरोनाको महामारीमा विश्वका विभिन्न देशले यो प्रयोग गरेका छन् ।

रेम्डेसिभिर कोरोना संक्रमितका लागि केही प्रभावकारी पनि देखिएको छ ।’ डा.सापकोटाले भन्नुभयो, ‘तर, पहिलो पटक बिरामीलाई चढाउँदा अन्य असर देखिन सक्ने हुनाले बिरामीका आफ्न्तको स्वीकृत लिएर औषधी चढाउने गरेका छौँ ।’
सन् २०१४ मा रेम्डेसिभिर एन्टिभाइरल इबोलाका बिरामीमा प्रयोग भएको थियो । कोरोना जटिल बिरामीमा अमेरिकालगायतका देशहरुले गरेको परीक्षणमा फाइदा भएको विभिन्न अध्ययनहरुले देखाएको छ ।

नेपालमा तीन वटा कम्पनीलाई औषधी खरिद गर्न सरकारले स्वीकृत दिएको छ । अहिले एक भाइललाई ५ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँ पर्ने बताईएको छ ।

तर, भरतपुर अस्पतालले भने निःशुल्क रुपमा बिरामीलाई दिएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले पनि कोरोना संक्रमित बिरामीलाई रेम्डेसिभिर एन्टिभाइरल प्रयोगका लागि स्वीकृति पाएका छन् ।

तत्काल आपतकालिन अवस्थामा औषधी चलाउने मापदण्ड नहुँदा चिकित्सकलाई केही समस्या आउने गरेको डा. सापकोटाले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय