कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, संख्या ३ सय १७ पुग्यो

पछिल्लो विवरण अनुसार नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणबाट मृत्तकको संख्या ३ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मृत्यु हुनेमा  काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष रहेका छन्। त्यसैगी, चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय