काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कारोना संक्रमण पुष्टि भएको बताए।

आज थपिएको संख्या हाल सम्मकै उच्च संख्या हो।

बिहिबार देशभर १ हजार २ सय ४६ जना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्ण ५० हजार २ सय १९ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५० हजार २ सय १९ पुगेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय