देशभर थप १ हजार २४६ जनामा कोरोना, संक्रमित संख्या ५० हजार नाध्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा। जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५० हजार २ सय १९ पुगेको बताए।

बिहिबार देशभर १४ हजार ४ सय ४८ संक्रिय संक्रमित र होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना रहेका छन। डा. गौतमका अनुसार आज ५ हजार ८ सय ०६ जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा १ हजार ८ सय १८ कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३५ हजार ७ सय पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६८.८ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय