मनोरोगले आत्महत्यातिर लैजान्छ, यसरी जोगिनुस्

डा. अनन्तप्रसाद अधिकारी
प्रकाशित
२०७७ भदौ २५ गते १५:०८

जानी–जानी कुनै पनि व्यक्तिले आफूलाई समाप्त गर्ने हेतुले काम गर्छ भने आत्महत्याको प्रयास भनिन्छ। जीनवप्रति वितृष्णा उत्पन्न भएर कुनै क्रियाकलापद्वारा मृत्यु हुनु आत्महत्या हो।

जानी–जानी आफूलाई दुःख दिने हुँदा कहिलेकाहीँ दुर्घटनावस मृत्यु हुन पनि पुग्छ। यो पनि एक खालको मनोरोगको लक्षण हो।  केहिलेकाहीँ अरूबाट केही पाउन आफूलाई दुःख दिने क्रियाकलाप गर्छन्। यस्तो कार्य पनि दुर्घटनावस मृत्युमा परिणत हुनसक्छ।

आत्महत्याका धेरैजस्तो कारण मानसिक रोगसँग जोडिएको हुन्छ। हुन त समाजिक, आर्थिक, पारिवारिक कुरा सँगसँगै जोडिएर आउँछन्।  तर, यस्तो हुँदैमा मानिसले मृत्युसम्म पुर्‍याउने भन्ने हुँदैन। मानिसमा सहन गर्ने क्षमताले जोगाएको हुन्छ। जब कुनै व्यक्तिलाई मनोरोगले एकदमै ग्रसित बनाउँछ। जस्तो कि सिभियर डिप्रेसन, सिरोफेनिया, लागूपदार्थ दुर्व्यसनले आत्महत्या गर्नतर्फ उद्धत हुन्छ।

यसरी हेर्दा बहुसंख्यक आत्महत्याको घटना मानसिक रोगसँग सम्बन्धित रहेका छन्। जसलाई बेलैमा उपचार गरियो भने आत्महत्या रोक्न सकिन्छ।  नेपालको सन्दर्भमा हेर्दा दैनिक १४–१५ जनाले आत्महत्या गर्दै आएका छन्। अहिले कोरोना महामारी सन्त्रासले आत्महत्या गर्ने संख्या बढ्दै गएको छ।

कोरोनाका कारणले   दिनमा थप पाँचदेखि ६ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। जस्तो कि सामाजिक परिवेश, लकडाउनको अवस्था, सामाजिक छलफलको कमी, मानसिक रोगका लागि सेवन गरिहेको औषधी रोकिनु, पारिवारिक झगडा, आर्थिक पक्षले आत्महत्या गरिएका अनुसन्धानले देखाएका छन्।

कुनै व्यक्तिले आफूमा भएको तनाव, कुण्ठा सेयर गर्ने वातावरण गराइदिने गर्नुपर्दछ। हाम्रो समाजमा आत्महत्याबारे धेरै भ्रम रहेको छ। जो मानिसले बेला–बेलामा आत्महत्याको घुर्की देखाउँछ, आत्महत्या गर्छु भनेर भन्छ भन्ने मानिसले कहिले आत्महत्या गर्दैन गलत धारणा रहेको छ।

यसरी आत्महत्याको दर बढ्दै जानुमा सञ्चारको विकाससँगै घटनाको रिपोर्टिङमा आएको परिर्वतन पनि एउटा कारण हो। आत्महत्या बढ्नुमा मनोरोगका विभिन्न कारण जस्तै, बेरोजगारी, बसाइँसराइ, वैदेशिक रोजगारी, कारकतत्व रहेका छन् । मुख्य कारण भनेको मनोरोगको उचित समयमा पहिचान र उपचार नहुनु नै हो ।

कुन–कुन मानसिक रोग लागेकाहरू आत्महत्यामा अग्रसर हुन्छन्?
८५ प्रतिशत जति आत्महत्याका केस कुनै न कुनै मानसिक रोगसँग सम्बन्धित हुन्छन्। यसमध्ये पनि प्रमुख कारकतत्व डिप्रेसन हो। कडाखालको डिप्रेसनमा पुगेको मानिसले आफ्नो भविष्य, जीनव, वातावरण सबै अँध्यारो देख्छ।

आफूलाई कमजोर ठान्छ। मेरो कुनै मूल्य छैन, म बाँचेर पनि केही हुँदैन भन्ने सोच राखिरहेको हुन्छ। वातावरण मेरो वसमा छैन, भविष्यमा केही हुनेवाला छैन भन्ने सोच राखिएको हुन्छ। जुन कुरा बिरामीका लागि सही हुन्छ, वातावरण त परिवर्तन हुन सक्छ। कोभिड महामारीका बेला बिरामीले यस्तो वातावरण परिर्वतन हुन्छ भन्ने फिल गर्न सक्दैन।

चारैतिर अँध्यारो देखिसकेपछि आत्महत्याको बाटो रोज्ने गर्दछन्। त्यसैगरी, आफूमा विभिन्न विशेषखालको क्षमता रहेको छ, म यस्तो खालको काम गर्दा पनि मर्दिन भन्ने खालको छाप परिरहेको हुन्छ। जस्तो कि जम्प गर्ने, भीरबाट हाम फाल्ने, खोलामा जाने जस्ता प्रवृत्तिले मानिसहरूको मृत्यु भइराखेको छ।

साइकोसोसिका बिरामीमा धेरै भ्रम आउने हुन्छ। कसैले मेरो पिछा गर्दैछ, मार्ने कोसिस गरिरहेको भन्ने बिरामीमा सोच आउने हुन्छ। अरूको हातबाट मर्नुभन्दा बरू आफैँ मर्नु जाती भनेर आत्महत्या गर्छन।

लागूपदार्थ दुर्व्यर्सन सेवन गरिरहेको छटपट अवस्थामा आफूलाई हानी गर्ने गर्दछन्।  त्यसैगरी अहिले व्यक्तित्वको समस्या रहेको छ। आवेगलाई सहन गर्न नसक्ने खालका व्यक्तिहरू पनि केहिलेकाही आत्महत्याको बाटो रोज्न सक्छन्।

कोरोनापछिको मानसिक रोगको अवस्था

पश्चिमी राष्ट्रतिर प्रायः जसोले बन्दुकमार्फत आत्महत्या गर्ने गर्दछन्। तर, हाम्रो नेपालमा पहिलो झुन्डिएर वा विष सेवन गरेर आत्महत्या गर्ने गरेको पाइएको छ।
कोरोनाले घरभित्र नै बसेको अवस्थामा धेरै झुन्डिएर आत्महत्या गरिरहेका छन्।

सबै मानिस कुनै न कुनै तनावले ग्रसित हुन्छन्। कुनै व्यक्तिले जुन अवस्थासम्म तनाव सहन गर्ने क्षमता हुन्छ, त्यसले काम गर्छ। तनाव व्यवस्थापन गर्नको लागि चिकित्सक, साथीभाइ, परिवार सबैको सहयोगको जरुरी हुन्छ। त्यो सहयोग भएन भने सहन गर्ने क्षमता घट्छ।

घरपरिवार वा मामाघरतिर कुनै मानिसमा मनोरोग लागेको छ भने कुनै समस्या झेल्नुपर्दा मनोरोगको समस्या देखिन सक्छ। जोखिममा रहेका मानिसलाई मनोरोग देखिने सम्भावना धेरै हुन्छ।

अहिले कोरोनाका कारण लकडाउन, आर्थिक पक्ष तथा काम नभएका कारणले जोखिममा रहेका मानिसमा उकेरा लगाइरहेका हुन्छन्। अहिले सामाजिक, आर्थिक जीवन चौपट रहेको छ। फेरि, त्यही समाज, आर्थिक धरातलमा तुलना गर्दा पुरानै अवस्थामा फर्कन सक्दैन। यस्तो अवस्था विभिन्न समस्याले विकराल रूप देखेर जीवन समाप्त गर्ने सम्भावना बढी छ।

अन्य देशमा महामारीपछि भएको घटनाले आत्महत्याको दर बढिरहेको देखाउँछ। हाम्रोमा मानसिक रोगको समस्या तथा आत्महत्या बढ्ने देखिन्छ। त्यसैले, हामी समान्य जीवनमा जीउन सिकाउने गर्नुपर्दछ। उच्च महत्त्वाकांक्षा राख्ने तर पूरा भएन भने पनि सबैभन्दा अमूल्य जीवन हो भनेर सोच्नुपर्छ।

हालसम्मको अनुसन्धानमा १३ प्रतिशत मानिसमा उपचार गर्नुपर्ने मानसिक रोग रहेको पाइएको छ।

यो व्यक्तिले आत्महत्या गर्छ भनेर कसरी थाहा पाउने?

हरेक व्यक्तिले केही न केही निसाना देखाएका हुन्छन्। एकदम कडा खालको डिप्रेसन भएकाले अस्वाभाविक व्यवहार देखाउँछन्। वितृष्णाको कुरा गर्ने, मेरो कुनै मूल्य नभएको कुरा सेयर गर्ने, आत्महत्या गर्नेबारेमा कुरा गर्ने गर्छन्।

प्रसंग वा विनाप्रसंग माथि उल्लेखित कुरा सेयर गर्न थाले भने कतै यो व्यक्ति मनोरोगको सिकार भएको छैन कि भनेर सोच्नुपर्दछ। घरको कुनै जिम्मेवार व्यक्ति रहेको छ भने परिवारलाई ऋणधनबारे सुनाउन थाल्ने, हिसाब मिलाउन थाल्ने गरेको पाइएको छ।

त्यसैगरी, आत्महत्या कसरी गर्न सकिन्छ भनेर त्यस्तै खालाका साइटहरू भिजिट गरिरहेका हुन्छन्। यस्ता प्रवृति देखाउने मानिस आत्महत्याको तर्फ उन्मुख हुँदै छ भनेर विचार गर्न सकिन्छ। घरपरिवारले यस्ता व्यवहार देखाउने व्यक्तिको समस्या हल गर्न सकेमा धेरै हदसम्म आत्महत्या रोक्न सकिन्छ। आवेगमा आएर आत्महत्याको कुनै प्रक्षेपण गर्न सकिँदैन।

कसरी रोकथाम गर्ने ?

जुनसकै मनोरोगको लक्षण देखिएको भए पनि उपचार जरुरी हुन्छ। मानसिक रोगको समयमा नै सानो उपचार गर्नु भनेको आत्महत्याको बाटो रोक्नु हो।

मनोरोगको सिकार हुन नदिनका लागि स्वस्थ जीवनशैलीको अनुसरणका साथै दिनचर्यामा बदलाव जरुरी छ। उदाहरणका लागि सरल दिनचर्या अपनाउने, पूरा हुन नसक्नेखालका उच्च महत्त्वाकांक्षा नराख्ने, कुनै कुरामा असफल भएको खण्डमा त्यसलाई सहज रूपमा लिने, लागूपदार्थ दर्व्यसनबाट टाढा बस्ने, मनमा आएका विकार तथा अप्ठ्यारा सोच साथीसँग भन्ने र हल गर्न खोज्ने, मनोरोगका लक्षण आफू, साथी वा परिवारमा देखियो भने मानसिक परामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ समयमै पुग्ने–पुुर्‍याउने गर्नुपर्छ ।

कुनै व्यक्तिले आफूमा भएको तनाव, कुण्ठा सेयर गर्ने वातावरण गराइदिने गर्नुपर्दछ। हाम्रो समाजमा आत्महत्याबारे धेरै भ्रम रहेको छ। जो मानिसले बेला–बेलामा आत्महत्याको घुर्की देखाउँछ, आत्महत्या गर्छु भनेर भन्छ भन्ने मानिसले कहिले आत्महत्या गर्दैन गलत धारणा रहेको छ।

प्रसंग वा विनाप्रसंग माथि उल्लेखित कुरा सेयर गर्न थाले भने कतै यो व्यक्ति मनोरोगको सिकार भएको छैन कि भनेर सोच्नुपर्दछ। घरको कुनै जिम्मेवार व्यक्ति रहेको छ भने परिवारलाई ऋणधनबारे सुनाउन थाल्ने, हिसाब मिलाउन थाल्ने गरेको पाइएको छ।

यदि कोही व्यक्तिले मस्तिष्कमा यस्तो सोच आएर सेयर गर्‍याे भने विगतमा पनि आत्महत्या गर्न खोजेको हुनसक्छ वा भविष्यमा पनि आत्महत्या प्रयास गर्ने सम्भावना ज्यादै रहन्छ। समाज, परिवार तथा साथीभाइले यस्ता नकारात्मक खालका कुरा सेयर गर्न थाले मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य सेवामा पहुँचमा ल्याउनुपर्ने अवस्था आइसकेको हो कि भन्ने हिसाबले सोच्नुपर्दछ।

व्यक्तिको पारिवारिक, समाजिक वातावरण, साथीसगंत, आर्थिक पाटोले उसका समस्या हल गर्ने तथा साथ दिने गर्नुपर्दछ। डिप्रेसनले च्यापेको बेला मानिसले एक पक्षीयमात्र विचार गर्दछ। अब भविष्यमा केही हुनेवाला छैन भन्ने सोचमात्र राख्दछ।

जीवनको उज्यालो पक्षबारे सोच्न सकेको हुँदैन। यस्ता विषय हामीले केही समय दिएर काउन्सिल गर्न सके आत्महत्या हुनबाट जोगाउन सकिन्छ। जीनवका दुई पाटा छन्। एक उज्यालो वा अँध्यारो पाटो रहेका हुन्छन्। सधैंभर डिप्रेसन वा तनावको अवस्था रहँदैन। हरेक कुरा परिर्वतनशील छन्। जीवन जिउनुपर्छ भन्ने खालको सन्देश दिन सक्यो भने आत्महत्याबाट निकै हदसम्म जोगाउन सकिन्छ।

आत्महत्या रोकथामका आधारभूत पाँच चरण
. सम्भावित लक्षणहरू पहिचान गर्ने
२. आत्महत्यालाई निरुत्साहन गर्न आ–आफ्नो भूमिका निर्वाह गर्ने
३. मानसिकरूपमा स्वस्थ रहन स्वहेरचाहको अभ्यास गर्ने
४. उपलब्ध सेवाबारे जानकारी र पहुँच राख्ने
५. आत्महत्याबारे खुलेर कुरा गर्ने

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय