भरतपुर अस्पतालको मेसुमा पाण्डे नियुक्त

भरतपुर अस्पतालमा मेसु परिवर्तन भएको छन्। स्वास्थ्य मन्त्रालयले नयाँ मेसुमा अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई नियुक्त गरेको हो।

बुधवारको मन्त्रीस्तरिय निर्णयबाट पाण्डेलाई भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए।

यसअघि पाण्डे भेरि अस्पतलका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन अधिकृत ११औं तहमा कार्यरत रहेका थिए।

मन्त्रालयले भरतपुर अस्पतालमा १४ महिना नपुग्दै नयाँ मेसु नियुक्त गरेको हो। पाण्डे भरतपुर अस्पतालको ४१औं मेसुका रुपमा आउँदै छन्।

यसअघि डा. श्रीराम तिवारी मेसु रहेका थिए। तिवारी गत असार महिनामा भरतपुर अस्पतालको मेसु भएर आएका थिए। उनी १४ महिनाको कार्यकालमा कोरोना नियन्त्रण र भरतपुर अस्पतालमा भौतिक एवम् जनशक्ति विकासमा केन्द्रित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय