पाल्पामा भेटिए ट्राभल हिस्ट्री नभएका कोरोना संक्रमित

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ भदौ २५ गते १२:४१

पाल्पामा थप २८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १९ जना तानसेनको बजार क्षेत्रका व्यक्ति हुन् । अन्य ९ जना रम्भा गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् ।

तानसेनका सङक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने अरुको ट्राभल हिस्ट्री नदेखिएको स्वास्थ्य कार्यालयको भनाई छ ।

तानसेनको बतासेडाडा, कैलाशनगर, प्रभास, बर्तुङ बृन्दाबन, बिशालबजार लगायतका क्षेत्रमा लिइएका स्वाबको रिपोर्ट पोजेटिभ आएको हो । तानसेनका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनका अस्पतालबाट स्वाव लिएका थप ३ जना बिरामीमा पनि कोरोना देखिएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् ।

तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिस्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

तानसेनमा निषेधाज्ञा स्थगित भएसँगै बजार र सडकमा मानिसहरुको चहलपहल बढेको छ । यसले कोरोना फैलन सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

रम्भाको वडा न. ३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय