नेपालमा कोरोनाका कारण आत्महत्या गर्ने ३० प्रतिशतले बढे

सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियाकै दोस्रो धेरै आत्महत्या गर्ने देशमा पर्छ। कोरोना भाइरस महामारीसँगै नेपालमा आत्महत्या गर्नेको २० देखि ३० प्रतिशतले बढेको पाइएको छ।

कोरोना संक्रमण बढेसँगै धेरैजनामा मानसिक समस्या बढेको सूचना धेरै माध्यमबाट प्राप्त भइराखेका छन्।

गत जुलाई महिनामा भएको एक अध्ययनअनुसार करिब ६१ प्रतिशतले कोरोना माहामारीका कारण आफ्नो आम्दानी र जीविकोपार्जनका उपाय गुमाएको बताएका छन्।

१३ प्रतिशतले बालबालिका उपचार गर्न जाँदा समस्या परेको र १० प्रतिशतले आफ्नो बालबालिका रिसाउने, झर्को मान्ने र उदास हुने गरेको बताएका छन्।

विद्यार्थीहरूलाई लामो समयसम्म शैक्षिक समस्या बन्द हुँदा भविष्य के हुने हो भन्ने पिरलो पनि छ।

आफ्ना सकारात्मक भावना जगाउने र हरेक रातपछि उज्यालो दिन आउँछ भन्ने विश्वास जगाउने क्षमता हामी भित्र नै हुन्छ। यसलाई हामीले निरन्तर खोज्ने र सकारात्मक बन्ने प्रयास गर्नुपर्दछ।

धेरै दिन घरभित्रै, बिनासाथीभाई बस्नु परेर पनि बालबालिका, युवायुवती अभिभावक भन्दा पनि आफ्ना साथीहरूसँग नजिक हुने र सोहीअनुसार दुःख–पीडा साटासाट गरी रमाउन मन पराउने वर्ग हो तर कोभिडको यो कठिन परिस्थिति माथि सबै गर्न सम्भव हुँदैन।

यसरी लामो समयसम्म साथीभाई सँग भेट्न नपाउँदा र अनिश्चितताले थप मानसिक तनाव बढ्न सक्ने खतरा देखिएको छ।त्यसैले प्रविधि प्रयोग गरेर सहपाठी सहकर्मीसँग भेटघाट कुराकानी छलफल गर्ने वातावरण बनाउँदै जाऔं।

भोलि सेप्टेम्बर १०, ‘विश्व आत्महत्या रोकथाम दिवस’ हो र हाम्रो देशमा पनि आत्महत्याका घटना बढ्दै गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो मानसिक स्वास्थ्यको विशेष हेरचाह गर्न हुन अनुरोध गर्दछ।

समय सधैं एकनास रहँदैन, प्राकृतिक प्रकोप, महामारीजस्ता भवितव्यमा हामी कसैको नियन्त्रण रहँदैन। यसको रोकथाम सावधानी हाम्रो व्यवहार निर्भर गर्दछ।

आफ्ना सकारात्मक भावना जगाउने र हरेक रातपछि उज्यालो दिन आउँछ भन्ने विश्वास जगाउने क्षमता हामी भित्र नै हुन्छ। यसलाई हामीले निरन्तर खोज्ने र सकारात्मक बन्ने प्रयास गर्नुपर्दछ।

एउटा समस्या आउँदैमा जिन्दगी अध्यारो हुँदैन, धेरै सकारात्मक विकल्पहरूका बारेमा छलफल गर्नुहोस्। आवश्यक परेमा मनोचिकित्सकसँग सम्पर्क गराई आवश्यक परामर्श र औषधी गर्न मद्दत गर्नुहोस्। यो महामारीले धेरै सामाजिक, मानसिक समस्या ल्याउन सक्ने कुरा हामी नकार्न सक्दैनाैं।

हरेक जीवन उत्तिकै अमूल्य छ। हरेकलाई बाँच्ने र बचाउने अधिकार र कर्तव्य हामीमा छ। त्यसैले नै तपाइ हामी कोरोनाविरुद्धको लडाइँमा एकबद्ध छाैं। अहिलेको यो कठिन परिस्थितिमा एकअर्कालाई खुलेर मद्दत गर्न अनुरोध गर्दछु। यो मद्धत गर्ने मानवता देखाउने अवसर पनि हो। जुन सधैंभर आउँदैन।

आत्महत्या गर्ने व्यक्तिले आफ्नो घरपरिवार, आफन्त, साथीहरू र छिमेकीलाई केहि न केहि पुर्व संकेत दिएको हुन्छ। कसैले आत्महत्या गर्न संकेत दिएमा त्यसलाई हामीले मजाकमा लिनुहुँदैन। सो ब्यक्तिलाई प्रर्याप्त समय दिनुहोस्। उनको कुरा सुन्नुहोस्। अनलाइन वा फोनको माध्यमबाट भएपनि कुराकानी गर्नुहोस्। बाच्नका लागि उत्प्रेरणा दिनुहोस्।

एउटा समस्या आउँदैमा जिन्दगी अध्यारो हुँदैन, धेरै सकारात्मक विकल्पहरूका बारेमा छलफल गर्नुहोस्। आवश्यक परेमा मनोचिकित्सकसँग सम्पर्क गराई आवश्यक परामर्श र औषधी गर्न मद्दत गर्नुहोस्। यो महामारीले धेरै सामाजिक, मानसिक समस्या ल्याउन सक्ने कुरा हामी नकार्न सक्दैनाैं।

जतिछिटो हामीले यो कोरोना महामारीको रोकथाम गर्न जरूरी छ। कोरोनालाई छिटो रोकथामका लागि जनस्वास्थ्यका तीन उपाय एसएमएस एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बसौं, बाहिर निस्कँदा अनिवार्य मास्कको उचित प्रयोग गरौं र बेलाबेलामा २० सेकेन्डसम्म साबुनपानीले हात धौऔं।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना अपटेडमार्फत दिएको जानकारीमा तयार पारिएको समाग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय