उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण, मृत्यु ३१२ पुग्यो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको बताए।

बुधबार देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएको सहित नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ।

पछिल्लो विवरण अनुसार देशभर ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंको ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुष, कास्कीको ७३ वर्षीया महिला रहेका छन्।

त्यसैगरी, अर्घाखाँचीको ४२ वर्षीय पुरुष, बाँकेको ८० वर्षीया महिला र नवलपरासीको ६४ वर्षिय पुरूष रहेका छन्।

आज थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु संख्या ३ सय १२ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय