देशभर थप १ हजार ८१ जनामा कोरोना, संख्या ४९ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४९ हजार २ सय १९ पुगेको बताए।

बुधबार देशभर १५ हजार २५ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा ९ हजार १८ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३३ हजार ८ सय ८२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६८.८ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय