बिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाईन भुक्तानि गर्दा ७ प्रतिशतसम्म छुट

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २४ गते १५:२१

 विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ । सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाईन भुक्तानिमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ । यसअघि नै अनलाईन भुक्तानिमार्फत २ सय छुट दिइएको थियो ।

आइएमी पे, एन आइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छे बैंक लगायतका बैंकहरुमार्फत अनलाईनबाटै भुक्तानि गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको विधले जनाएको छ ।

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको बिध ल्याबका सञ्चालक विके भण्डारीले बताए ।

ल्याबले दैनिक ४ हजार भन्दबढी कोभिड परीक्षण गर्न सक्छ । १३ साउनदेखि सरकारबाट मान्यता लिएर संचालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ । ल्याब ललितपुरको कुपण्डोलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय