क्यान्सरका बिरामीको पिसिआर परीक्षण गर्न मोलिक्यूलर ल्याब सञ्चालनमा

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरेको छ । प्रयोगशाला आइतवारबाट सञ्चालनमा ल्याईएपनि १०७ औँ बीपी जयन्तीको अवसर पारेर बुधवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

प्रयोगशालाको उद्घाटन कोरोना संक्रमित भै निको भएकी अस्पतालकै पहिलो स्वास्थ्यकर्मी पुजा श्रेष्ठ तथा १३औँ चाईनिज मेडिकल टिमका लिडरले संयुक्त रुपमा गरेका थिए । परीक्षण शुरुभएपछि उपचार गर्न आएका विरामीलाई सहज हुने अस्पतालले अनुमान गरेको छ ।

बिरामी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि आफ्नै प्रयोगशाला सञ्चालन गरिएको अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । पछिल्लो समयमा क्यान्सरका बिरामीको कोरोना परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरि भरतपुरले प्रयोगशालामा पठाउने गरेको थियो । त्यहाँबाट समयमा परीक्षण नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए ।

अस्पतालले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षणलाई प्राथमिकता दिएर परीक्षण गर्ने डा. शर्माले जानकारी दिए।

प्रयोगशाला सञ्चालन गर्न ११ जनाको जनशक्ति खटिएको छ। पिसिआर परिक्षणका लागि तीन हजार ५ सय रुपैयाँ तोकिएको अस्पताल प्रशासनले जनाएको छ। यस प्रयोगशालामा  एकपटमा ९० वटा नमुना परीक्षण गर्न सक्ने क्षमता रहको छ ।

कोभिड–१९ प्रयोगशालाको उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक डा. कृष्णसागर शर्मा, अस्पतालका विभिन्न विभागका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय