बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिनियाँ विशेषज्ञको नयाँ टोली

हेल्थपाेस्ट/चितवन
प्रकाशित
२०७७ भदौ २४ गते १३:१०

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बिरामीको उपचारका लागि चिनबाट विशेषज्ञ डाक्टरको नयाँ समूह आएको छ । अस्पतालले नयाँलाई स्वागत गर्दै पुरानो टिमलाई बिदाई गरेको छ ।

अस्पतालले एक कार्यक्रमको आयोजना गरि १२औं टिमलाई बिदाई तथा १३ औं टिमलाई अस्पतालमा स्वागत गरेको अस्पतालका उपनिर्देशक डाक्टर कृष्णसागर पौडेलले जानकारी दिए ।

स्थापनादेखिनै चीन सरकारले १५ जना बिशेषज्ञ चिकित्सकको टोली पठाएर उपचारमा सहयोग गर्दै आएको छ । अस्पतालकाको स्थापना कालदेखि नै निरन्तर रुपमा १५ चिनियाँ चिकित्सक र दुई सहयोगी रहँदै आएका छन् । अस्पतालका विभिन्न विभागमा रहेर उनिहरूले काम गर्ने गर्दछन् । कार्यरत चिकित्सकको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको डा.शर्माले बताए ।

चिनियाँ विशेषज्ञको एक समुहको टोलीले एक बर्षसम्म क्यान्सर अस्पतालमा सेवा गर्दै आएको छ । अस्पतालका अनुसार, अहिलेसम्म १२ वटा टोलीले अस्पतालमा सेवा प्रदान गरि चीन फर्किसकेको छ ।

नयाँ टोली ५ सेक्टेम्बरमा चितवन आएको थियो । उनिहरुले क्वारेन्टाइन अवधि पुरा गरिसकेको अस्पतालले जानकारी दिएको छ । चिनियाँ टोलीले उपाचारका साथै अस्पतालका उपकरण नियमित सञ्चालनमा सहयोग गरिरहेको छ ।

वि.सं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो । शुरुमा एक सय शैया रहेको क्यान्सर अस्पतालमा हाल ४५० शैया छ । अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन् ।

स्वागत कार्यक्रममा कार्यक्रममा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक डा. कृष्णसागर शर्मा, अस्पतालका विभिन्न विभागका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय