स्वाब संकलन गर्न ७ घन्टा हिँड्छु, तर स्थानीयबाट कुटाई खानु परेको छ

म सिगास गाँउपालिकाको वडा न ३ बल्लेगान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छु। कोरोना महामारी सुरू भएदेखि नै बैतडी वडा–वडामा क्वारेन्टाइन स्थलमा स्वाब संकलनको लागि हिड्ने गरेको छु।

मगंलबार बिहान स्वाब संकलनको लागि ढुंगाड हेल्थ पोस्टमा पुग्नु पर्ने थियो। तर, म कार्यरत भएको ठाउँबाट ६–७ घन्टा टाढा रहेको हुनाँले हिजो आधाबाटो गएर बास गर्ने निधो गरे।

त्यसैअनुसार, म सोमबार ( ५ बजे) हिँडे। स्वास्थ्य कार्यलयबाट अलि–तल भूमीराज आधारभूत विद्यालय रहेको छ।

जहाँ १४–१५ जना जम्मा हुनु भएको रहेछ। अहिले त्यहाँको वडा शिल गरिएको छ। भेला हुनुभएको मानिसले वन सम्बन्धि छलफल गर्नुभएको रहेछ।

न त त्यहाँ सामाजिक दुरी कायम रहेको थियो। जाँड–रक्सी खाएर हल्ला गरेर बसेका थिए। म आफू स्वास्थ्यकर्मी भएको नाताले पनि त्यस्तो कार्य नगर्नेको लागि आग्रह गरे।

कोरोना संक्रमण जताजतै फैलिएको छ। यही पनि संक्रमण बढ्नाले वडा नै शिल गरिएको छ। तपाईँहरु बुझ्ने भएर किन यस्तो काम गरिराख्नु भएको छ भने सम्झाउन थालेँ।

मैले त्यति नभनेपछि स्थानीय भानसिंह बोहराले अपशब्द बोल्न थाल्नुभयो। किन यस्तो शब्द बोल्नु हुन्छ। मैले तपाईँहरुको हितमा बोलेको हुँ भनेर भन्दै थिए उहाँले मुक्का प्रहार गरिहाल्नु भयो। घाँटी, खुट्टा र पाखुरा चोट रहेको लागेको छ।

त्यहाँ रहनु भएको अन्य मानिसले उहाँलाई समातेर राख्नु भयो। तर, उहाँले मुखमा आए जति अपशब्द बोल्नु भयो। त यस्तो, उस्तो।

यो घटना भएपछि तल घरमा गएर बसे। यो घटनाको बारेमा वडालाई जानकारी गराए।

ढुंगाडमा भारत तथा अन्य जिल्लाबाट आएर बस्नु भएको १०–१२ जनाको स्बाव संकलन गर्नुपर्ने थियो। हिजोको घटनाले म त्यहाँ जान सकिन।

मैले यहाँ काम गर्न थालेको १० महिना भयो। यसभन्दा अगाडी दोलखामा २ वर्ष काम गरेको थिए।

स्वाब संकलन गर्नको ५–६ घन्टा हिँड्नु पर्ने हुन्छ। घाम–पानी केहि भन्न पाइँदैन।

हामी कोरोना नियन्त्रण, रोकथामको लागि दिन–रात नभई खाना नै नखाई हिडिरहेको छौँ। तर, हाम्रौ आफन्तहरूले यस्तो व्यवहार गर्दा काम गर्न के नै जागर लाग्ला र?

(बल्लेगान आधारभूत स्वास्थ्य केन्द्रका भुपेन्द्र बोहोरासँगको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय