त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. दिनेश काफ्ले, बरिष्ठता नम्बर ४५ !

त्रिभूवन विश्वविद्यालयका कार्यकारी परिषद्ले त्रिवि शिक्षण शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले नियुक्ती गरेको छ । डा. गोविन्द केसीको बारम्बारको आग्रहलाई तल्याउँदै कार्यकारी परिषद्ले डा. काफ्लेलाई नियूक्ती गरेको हो ।

६० भन्दा बढी प्राध्यापक रहेको आइओएममा काफ्ले बरिष्ठता सूचीमा ४५औं नम्बरमा छन् । यसअघि डिन नियूक्तीका समयमा पनि नेकपा निकट डाक्टरको दबाबमा उनको नाम सिफारिस भएको थियो ।

तीन महिनाअघि डिन डा. दिव्यासिंह शाहको संयोजत्वमा डा. रामचन्द्र अधिकारी र डा. घनश्याम गुरुङ सदस्य रहेको सर्च कमिटी गठन भएको थियो । सो कमिटीमा विवाद भएपछि उपचकुलपति डा. धर्मकान्त बास्कोटाले डा. रोहित पोखरेललाई तीन महिने नियुक्ती दिएका थिए ।

यसबीचमा पनि नेकपा निकटका चिकित्सकहरुले अडान नछाडेपछि डिन संयोजकत्वको समितिले बाध्य भएर डा. काफ्लेको नाम सिफारिस गरेको हो ।

समितिले केहीदिनअघि मात्रै एक नम्बरमा डा. ईश्वर लोहनी, दोस्रो नम्बरमा डा. दिनेश काफ्ले र तेस्रो नम्बरमा डा. सरोज वझाको नाम सिफारिस गरेको थियो ।

थुपै बरिष्ठ चिकित्सक र दावेदार प्राध्यापकलाई पन्छाएर नेकपा निकटका काफ्लेलाई नियुक्ती गरेको हो । डा. काफ्लेको नियूक्तीसँगै फेरी आइओएममा बरिष्ठता विवाद उत्पन्न भएको छ।

आइओएम डिन नियुक्तीमै बरिष्ठता मिचेको भन्दै डा. केसीले सच्याउँन माग गर्दै आएका छन् । चार बर्षे कार्यकालका लागि निर्देशक नियुक्त भएका  काफ्लेले आजै अस्पताल पुगेर पदवहाली गरेका छन् ।

प्रधानमन्त्रीकी फिजिसियान भएका आधारमा बरिष्ठता मिचेर नियुक्ती पाएकी डिन संयोजकत्वको समितिले डा. काफ्लेको नाममा सिफारिस गर्दा नै चलखेल गरेको आइओएमका चिकित्सकहरुको आरोप छ ।

पछिल्लोपटक त्रिवि उपकूलपतिसमेत आइओएमबाट भएको अवस्थामा अस्पताल सुधार गर्नसक्र्ने सिनियार चिकित्सकबाटै निर्देशक नियुक्ती गर्ने सन्दर्भमा उपकूलपति डा. बास्कोटा र डिन डा. शाह असफल सावित भएका छन् ।

त्यसमा पनि पहिलो महिला डिन हुने अवसर पाएकी डा. साहको नियुक्तीबाट आशा राखेका प्राध्यापक समेत डा. शाहले पनि पार्टी कार्यकर्ताभन्दा माथि उठेर काम गर्न नसकेको भन्दै रुष्ठ भनेका छन ।

डा. बास्कोटा सिंगो विश्वविद्यालयलाई प्राज्ञिक संस्थाको सट्टा राजनीतिक भर्ती केन्द्र बनाउँन उद्दत रहेको भन्दै आलोचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय