डा. कोइरालाको दोस्रो रिपोर्ट पनि पोजेटिभ, १९ सहयोगीको नेगेटिभ

नेपाल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

हल्का ज्वरो आएपछि डा. कोइरालाको सोमबार ह्याम्स अस्पतालमा स्वाब संकलन गरिएको थियो । सोअनुसार मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

कुनै शंकास्पद सम्पर्क नभएका कारण रिपोर्टमा शंका लागेर कन्फरमेसनका लागि पुनः परीक्षण गर्ने निर्णय भएपछि मध्यान्ह फेरी स्टार अस्पतालको टोलीले कोइरालाको स्वाब संकलन गरेको थियो ।

स्वाब संकलन गरेको ५ घण्टामै आएको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको कांग्रेसका कोइराला निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

डा. कोइरालाकी श्रीमती डा. सुपात्रा कोइरालासहित १९ जनाको स्टारमै गरिएको परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना परीक्षणका लागि अनुमति प्राप्त प्रयोगशालामध्ये बढी विश्वसनीय मानिएकोले अधिकांश भिआइपीले स्टार अस्पतालको प्रयोगशालामा परीक्षण गराउने गरेका छन् ।

डा. कोइराला र उनका आफन्त एवं सहयोगीको समेत स्टारमा परीक्षण गरिएको थियो ।

 

डा. कोइरालामा माइल्ड फिवरमात्रै रहेको र अन्य लक्षण नभएका कारण होमआइसोलेसनमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय