प्रदेश १ का डिआइजी कार्कीमा कोरोना पुष्टि

प्रदेश १ का डिआइजी इश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थति नेपाल प्रहरीको प्रादेशिक कार्यालयमा रहेका ५२ वर्षीय  कार्कीलाई आज कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनले सोमबार स्वाब दिएका थिए। उनको आज कोराना पोजेटिभ देखिएको हो।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले डिआइजी कार्कीलाई कोराना संक्रणम भएको पु्ष्टि गरे। महानगरको आधिकारिक रेकर्डमा लिस्टेड नभए पनि आफूले वहाँ संक्रमित भएको थाहा पाएको जानकारी दिए।

कार्कीले डिआइजी लगाएतका हाई प्रोफाइलका व्यक्तिले सिधै ल्याबमा गएर स्वाव दिने गरेको हुँदा त्यसको रेकर्ड सामाजिका विकास मन्त्रालयमा रहने र मन्त्रालयमार्फत महानगरमा रेकर्ड आइसकेको कार्कीले बताए।

उनका अनुसार डिआइजी कार्कीका परिवारका सदस्य र क्वाटरका अन्य कर्मचारीको भने पिसिआर रिपोर्ट नेगेटिभ आएका छ।

प्रदेश १  प्रहरी कार्यालयका अनुसार  हालसम्म प्रदेशभरीका ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय