शशांक कोइरालालाई माइल्ड फिवर, परिवार र सहयोगीमा कोरोना नेगेटिभ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २३ गते १८:४५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांका कोइरालालाई कोरोना संक्रमण पुष्टि भएपनि कुनै जटिल खालका लक्षण देखिएको छैन् ।

डा. कोइरालामा पोजेटिभ देखिएसँग श्रीमती डा. सुपात्रा कोइराला र सहयोगी सबैको कोरोना परिक्षण गरिएकोमा सबैको नेगेटिभ आएको उनी निकट डा. अनिल कुमार झाले हेल्थपोस्टलाई जानकारी दिए ।

सोमबार १०० हाराहारीमा ज्वरो देखिएसँगै कोइरालाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

अहिले पनि कोइरालालाई माइल्ड फिवर (मन्द ज्वरो)बाहेक कुनै लक्षण देखिएको छैन् । कोराना पोजेटिभ देखिएका कोइराला अहिले होम आइसोलेसनमा छन् ।

अहिले कतिपय शुभचिन्तकले अस्पताल भर्ना भएर बस्न सुझाब दिएपनि चिकित्सकहरुले जटिलता नभएका कारण अस्पताल जाननपर्ने सुझाब दिएका छन् ।

‘९९/१०० डिंग्री ज्वरो छ, अरु अक्सिजन स्याचुरेसन नघटेसम्म अस्पताल लानुपर्दैन भन्ने सुझाब दिएका छौं’ उनले भने ।

डा. कोइरालाले केही बेरेअघि आफ्ने फेसबुक पेजबाट त्यसको पुष्टि गरेका छन् ।

उनले आफूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको भन्दै चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

साथै कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सबैलाई आवश्यक सजगता अपनाउनुहुनसमेत अनुरोध गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय