देशभर ९०२ संक्रमित थपिए

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २३ गते १६:३८

पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गरिएकोमा ९ सय २ जामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ४८ हजार १३८ पुगेको छ। उनीहरूमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा मात्र २ हजार २८७ जना संक्रमण मुक्त भएका छन्। यसै गरी काठमाडौं उपत्यकामा मात्रै ३ सय ९३ जना संक्रमित थपिएका छन्।

उपत्यकामा काठमाडौंमा तीन सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय