विराटले बनायो ६० बेडको कोरोना होल्डिङ सेन्टर, निजी क्षेत्रमै पहिलो

विराट मेडिकल केलज शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारको लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलोपटक ६० शैयाको होल्डिङ्ग सेन्टर संचालनमा ल्याएको छ ।

होल्डिङ्ग सेन्टर हस्पिटलको मुख्य अस्पतालबाट झन्डै ८०० मिटर दुरीमा रहेको र आवतजावतका लागी छुट्टै बाटो रहेको अस्पताल प्रशसानले जनाएको छ।

४० शैया सर्वसाधारण बिरामी र २० शैया अस्पतालका कर्मचारीको लागि छुट्याइएको छ।

सेन्टरको संचालनको दैनिक खर्च समबन्धित निकाय र दाताहरुबाट प्राप्त नहुन्जेल सम्म यस अस्पतालका संक्रमित कर्मचारीहरुको उपचार निःशुल्क रहने र अन्य संक्रमित विरामीहरुको उपचार भने स–शुल्क लाग्ने प्रशासनले जनाएको छ।

दुई वटा अस्पताल संचालनमा रहे पनि अन्य उपचारत विरामीहरुलाई संक्रमण नहोस भनी उपचारका लागी वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रि.वि. शिक्षण अस्पताल माहाराजगंज सम्म पुग्दा स्वास्थ्यकर्मीले दुख, कष्ट र चुनौतीहरुको सामना गर्नुपरेको अवस्थालाई मध्नजर गरेर अस्पताल प्रशासनले होल्डिङ्ग सेन्टर निमाण गरेको हो।

कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु लगायत सर्वसाधारणहरुले व्योहोर्नु नपरोस र थप आर्थिक भार तथा झन्झट व्योहोर्नु नपरोस भनेर होल्डिङ्ग सेन्टरको स्थापना गरिएको सञ्चालक डा. ज्ञानेन्द्रमान सिँह कार्कीले बताए।

नेपाल सरकारबाट निर्दिष्ट भएको नियम अनुरुप देशभरीमै निजि क्षेत्रबाट संचालित यो पहिलो होल्डिङ्ग सेन्टर हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय