चिकित्सक दर्ता प्रमाणपत्रको नतिजा प्रकाशन, मेडिकल तर्फ ४६ प्रतिशत पास

नेपाल मेडिकल काउन्सिलले गत भाद्र २० गते सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्रको नतिजा प्रकाशित भएको छ।

उक्त परीक्षामा मेडिकल तर्फ ७ सय ८५ र डेण्डल तर्फ २६३ गरी १ हजार ४७ जना विद्यार्थीको सहभागिता रहेको थियो।

काउन्सिलले  सोमबार एक विज्ञप्ती जारी गर्दै मेडिकल तर्फ ३ सय ५८ (४६ प्रतिशत) र डेण्डल तर्फ १५१ जना परीक्षार्थी उतिर्ण भएकाे जनाएको छ।

काउन्सिलका अनुसार परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीले सुचना प्रकाशित भएको मितिले ४५ दिनभित्र १ हजार ५ सय दस्तुर बुझाई पुन चेक गर्न सकिने जनाएको छ।

परीक्षामा उत्तिर्ण भएका वा एक वर्षको इन्टरसीप समेत पुरा गरेका काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रको लागि अनलाइन आवेदन गरेपछि आवेदन गरेको मितिले १५ दिन पछि प्रमाणपत्र तयार हुने छ।

अनलाइन आवेदनका लागि काउन्सिलको वेवसाइट www.nmc.org.np को FORMS  मा रहेको download मा दिइएअनुसारको निर्देशन अनुसार सम्पुर्ण विवरण

र कागजात पेश गरी तोकेको दस्तुर समेत तिरेपछि मात्र आवेदन स्वीकृत हुने काउन्सिलले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय