सोच्नुस् कोरोनाको मुखबाट बाँचेर आएको डाक्टर हुँ

कोरोना भाइरसबारे सरकार तथा सञ्चारमाध्यमले विभिन्न प्रकारका सूचना तथा जानकारी दिइरहेका छन्। अहिले भाइरसबारे सूचनाको बाढी नै आएको छ।

कोभिड–१९ बारे व्यापक सूचना आइरहे पनि कोरोना भनेको केही होइन सामान्य भाइरस हो, यसलाई कागतीपानी, बेसारपानी खाएर, पिपिई नलगाइकनै कोरोना पनि जित्न सकिन्छ भन्ने भ्रम छन्।

सामाजिक सञ्जालमा आउने झुटा कुराले सरकार र स्वास्थ्यकर्मीका प्रयास धमिल्याउने प्रयास भइरहेका छन्।

कृपया झुक्किएर पनि कोरोना भाइरसलाई नजरअन्दाज नगरौं, कमजोर नठानौं।

हो, यसबाट डराइहाल्नुपर्ने, आत्तिहाल्नुपर्ने, झुन्डिहाल्नुपर्ने स्थिति नरहला तर पनि भाइरस केही पनि होइन भनेर जानीजानी भुल नगरौं।

जवान मानिसलाई कोरोनाले खासै असर नगर्ने मानसिकता अहिले पनि जनमानसमा प्याप्त छ।

दीर्घरोगी, बुढापाका र साना बच्चालाई मात्रै संक्रमण हुन्छ भनेर साँढे प्रवृत्तिले बजारमा खुलमखुला हिँड्नेहरू पनि देखेको छु।

भाइरस संक्रमण खतरनाक छ। यसले कसैलाई पनि छोड्दैन। संक्रमण भइसकेपछि यसले कुन रूप लिन्छ भन्ने कुरा हामी सोच्न पनि सक्दैनौं। यसको तीतो अनुभव त म स्वयंलाई छ।

म नेपालको सन्दर्भमा वरिष्ठ चिकित्सक हुनुका साथै कोरोना भाइरसबारे सर्वसाधारणलाई सिकाउँदै, बोल्दै हिँड्थे। म सामाजिक अभियन्ता पनि हुँ।

दुर्भाग्यवस एक महिनाअघि आफैं संक्रमणमा परे।

संक्रमणमा परेको मात्रै होइन समयमै राम्रो उपचार नपाएको भए, समयमै काठमाडौं नआएको भए, सबै संयन्त्रले मेरो उपचार नगरेको भए आज मेरो मृत्युको १३, १४, १५ वा १८ दिन भइसक्थ्यो।

अहिले समाजमा एकथरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, यातायातकर्मी, सञ्चारकर्मीलाई कोरोना लागेपछि हेर्ने राक्षसी प्रवृत्ति छ।

जुनसुकै अवस्थामा जोसुकैलाई भाइरस संक्रमण हुन सक्छ। यो बाट कोही पनि अछुतो रहन सक्दैन।

सोच्नुस्, म मृत्युको मुखबाट बाँचेर आएको मान्छे हो।

मेरो स्थिति यति नाजुक थियो कि डाक्टरहरूले माया मारिसक्नुभएको थियो।

म के आग्रह गर्न चाहन्छु भने कोरोना भाइरसलाई कुनै हदमा पनि नजरअन्दाज नगरौं।

सरकारले कोरोनाबारे दिएको जुन साधारण सुझाव छ, त्यसको पालना गरौं। जस्तै, सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, स्यानिटाइजर प्रयोग गर्ने गरौं।

यही कुरा हामी बारम्बार दोहो¥याइरहेका छौं। अहिले पनि हामी भनिरहेका छौं, भन्न आवश्यक पनि छ।

मैले के बुझेँ भने रोग लाग्नु भन्दा लाग्न नदिनु नै सबैभन्दा उत्तम रहेछ।

हामीले कोरोना भाइरसलाई अझै राम्ररी बुझ्न सकेका छैनौं। अझै संक्रमित व्यक्तिलाई भोलिको दिनमा पार्ने नकरात्मक असर वा प्रभावबारे थाहा छैन।

हामीले यति बुझ्यौं कि स्वास्थ्य मापदण्डको सही पालना ग¥यौं, यसलाई बुझ्ने प्रयास ग¥यौं, यसलाई कमजोर ठानेनौं भने हामी सुरक्षित रहन्छौं।

अस्ती भर्खरै मैले सामाजिक सञ्जालमा पढेको थिएँ– साँढे भए पशुपतिमा पित्तलको साँढे भएर बस्ने अरे वनकालीको बाँदरजस्तो उफ्रेर हिँड्न भएन।

यो कोरोना भाइरसको समयमा एकदमै मिलेको छ, मलाई राम्रो लाग्यो।

म जवान, स्वस्थ छु, कोरोनाले छुँदैन केही गर्दैन भनेर घमण्ड गर्नुभएन। जतिबेला जोसुकैलाई पनि संक्रमण हुन सक्छ।

कृपया सरकारले भनेको मापदण्ड पालना गरौं, आफ्नो स्वास्थ्यका खातिर मापदण्डलाई अक्षरस पालना गर्न जरुरी छ।

एकपटक रोग लाग्यो भने भन्न सकिँदैन, सधैंका लागि खतरा हुन्छ।

विराटनगरमा विराट मेडिकल कलेजले १ सय बेडको भेन्टिलेटर कोभिड अस्पताल सुरु गरेको छ।

त्योभन्दा अघि प्रत्येक दिन एकजना, दुईजना स्वास्थ्यकर्मी संक्रमित भइरहेका थिए।

जति नै पिपिई लगाए पनि, जति नै मास्क लगाइरहने भए पनि हामी बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकाले अरूभन्दा स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम बढी छ।

त्यसैले स्वास्थ्यकर्मीले सुरक्षा सामग्रीमा बढी ध्यान दिन जरुरी छ।

मैले कोरोना चिनेँ खासै केही असर गर्र्दैन रहेछ भन्ने भावनाको विकास हुनु भएन।

स्वास्थ्यकर्मी स्वस्थ रहेमात्रै समाज स्वस्थ रहन्छ। हामीले एकजना पनि डाक्टर गुमायाैं भने त्यो डाक्टरको अभाव पूर्ति गर्न तथा तयारी गर्न ३५ देखि ४० वर्ष लाग्छ।

सर्थ, प्रत्येक नेपालीले सबै स्वास्थ्यकर्मीले यो जटिल परिस्थितिमा रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्छ।

आफू पनि सजग र सुरक्षित रहने, ज्ञान लिने र समाजलाई पनि त्यहीअनुसार शिक्षा दिन जरुरी छ।

आफूले जानेको कुरा सेयर गर्न म आइसियुबाट बाहिर आएपछि एक महिनामा २० पटक अन्तर्वार्ता दिइसकेँ।

अहिले समाजमा एकथरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, यातायातकर्मी, सञ्चारकर्मीलाई कोरोना लागेपछि हेर्ने राक्षसी प्रवृत्ति छ।

जुनसुकै अवस्थामा जोसुकैलाई भाइरस संक्रमण हुन सक्छ। यो बाट कोही पनि अछुतो रहन सक्दैन।

कसैलाई कोरोना देखियो भने संयमता अपनाउनुस्। कृपया उसलाई होच्याउने, हेप्ने मनोवल गिराउने काम, दुःख दिने काम नगर्नुस्।

आजभन्दा केही दिन अघिसम्म नबुझेर मृत्युको भयले साथीभाइले कहीँकहीँ स्वास्थ्यकर्मीलाई दुःख दिएको भन्ने सुनियो।

एकचोटि अञ्जानमा गरेकोलाई गल्ती मानिन्छ। तर, जानाजान बारम्बार यही कुरा दोह¥याउनु भयोे भने अपराध मानिन्छ।

एकपटक कोरोना संक्रमण निको भएपछि त्यो बिरामी समाजका लागि १ सय १० प्रतिशत खतरामुक्त छ। बरु, कोरोना नलागेको मान्छे संक्रमित हुन सक्छन् तर उनीहरूबाट हुँदैन।

म बारम्बार भनिरहेको छु, कृपया बुझ्नुस बुझेर पनि बुझ नपचाउनुस्।

सहरमा त यस्तो भेदभाव कायम छ भने गाउँमा, दुरदराजमा तथा अशिक्षित समाजमा कस्तो व्यवहार कस्तो असर पर्ला? यसबारे सोच्नुपर्छ।

कोरोनाको २–४ महिनामा हामीले बिमारीका कारण हजारौं राम्रा, ज्ञानीगुनी व्यक्ति गुमायौं भने हजारौं व्यक्तिले आत्महत्या गर्न बाध्य हुनुपरेको छ।

त्यसैले म सबैमा आग्रह गर्दछु। संवेदनशील हौं। भगवानलाई याद गरौं। धर्मलाई सम्झौं। र जुनसुकै कठिन परिस्थितिमा पनि मानव भएर बाँच्नुपर्छ। आज हामीले गरेको गल्तीले भोलिको कालखण्डमा गएर आत्मग्लानी नहोस्।

कतिपय सामाजिक सञ्जाल वा राजनैतिक गफमा सरकारले केही गरेको छैन। सरकारको प्रर्दशन एकदमै फितलो छ। जहाँसम्म म आफैं डाक्टर, मेडिकल कलेज सञ्चालन गर्छु।

मैले डाक्टर उत्पादन गर्छु भने इमानदारीसाथ के भन्नुपर्दछ भने सरकारले गरेको काम सह्रानीय लाग्छ। आफैं सोच्नुहोस्, संसारमा मृत्युदुर ३–४ प्रतिशत पुगेको छ भने

आज पनि यस्तो विषम परिस्थितमा स्रोत र साधन अभावमा, केही पनि तयारी नभएको अवस्थामा हाम्रो देशमा मृत्युदर ०.५ प्रतिशत छ।

त्यसैले म सबैमा आग्रह गर्दछु। संवेदनशील हौं। भगवानलाई याद गरौं। धर्मलाई सम्झौं। र जुनसुकै कठिन परिस्थितिमा पनि मानव भएर बाँच्नुपर्छ। आज हामीले गरेको गल्तीले भोलिको कालखण्डमा गएर आत्मग्लानी नहोस्।

त्यसैगरी संक्रमित संख्या पनि ४५–४६ हजारहाराहारीमा रहेको छ। जसमध्ये ३० हजारभन्दा बढी निको भएर घर फर्किसक्नुभएको छ।

त्यसैले, साथीभाइ हो, कोरोना नआउनु थियो हाम्रो समाजमा आयो। यो विश्वभर फैलिएको रोग हो। कोही यसबाट अछुतो रहन सक्दैन।

तर, आएपछि यसलाई स्वागत ग¥यौं। जसरी हामी क्यान्सर, एचआइभी बिरामीसँग हिँड्छौ, त्यसैगरी नै कोरोनासँग पनि हामीले हिँड्न सक्नुपर्दछ

किनभने हामीलाई थाहा छ भाइरस कहिले पनि पूर्णरूपमा निर्मुल हुँदैन। कुनै न कुनै रूपमा रहन्छ।

मास्क लगाउने, हात धुने, सामाजिक दुरी कायम गर्न सकियो भनेमात्र कोरोनाबाट जोगिन सकिन्छ।

सामाजिक सञ्जालमा डर, त्रास, भयको वातावरण नबनाइदिनुहोस्। तपाईंले बनाइदिनुभएको डर, त्रासले मानिसको मनोवलमा ठूलो असर पार्छ। सबै मानिसको मनस्थिति आफूलाई सम्हाल्ने हुँदैन।

कोरोनाको समयमा नेपालमा १ हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरिसकेका छन्। सायद, यसमा पनि हामीहरूको कतै न कतै दोष रहेको छ।
हामीले मनोवैज्ञानिक रूपमा सेवा दिन नसकेको पनि हुनसक्छ।

अन्त्यमा, मेरो आग्रह सरकारलाई के छ भने हामी आजसम्म इतिहासमा पूणरूपमा तयारी भएर बसेको अवस्था छैन। त्यसैले कोभिडमा त झनै तयारी हुने स्थिति नै छैन। महामारी भनेको विशुद्ध सरकारको समस्या हो।

देशमा भएका संस्थालाई सम्झाएर सँगै लिएर हिँड्नु सरकारको काम हो। आज सरकारले पनि ढिलो चाँडो यो कुरालाई मनन गरेर नेपालका प्राइभेट संस्थाहरूसँग सहकार्य गरिरहेको छ। त्यसमाथि पनि नेपालमा २० वटा मेडिकल कलेज रहेका छन्। हामीसँग संरचना, सुविधा, जनशक्ति पनि छ।

नेपालका सबै मेडिकल कलेजले कोभिड अस्पताल विकास गरेका छन्। हामी आसा गर्छौं, सरकार र स्वास्थ्य मन्त्रालयले कुनै पनि समयमा हाम्रो आवश्यकता महसुस गर्छ भने हामी ज्यान दिएर आफ्ना सबै स्रोत र साधन परिचालन गरेर सरकारलाई सहयोग गर्न तयार छौं।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको कोरोना ब्रिफिङमा विराट मेडिकल कलेजका सञ्चालक डा. सिंहको अनुभवको सम्पादित अंश)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय