देशभर ९ सय ७९ जनामा कोरोना संक्रमण, उपत्यकामा ३२६

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४७ हजार २ सय ३६ पुगेको बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार देशभर १६ हजार २ सय ५९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन्।

डा. गौतमका अनुसार आज ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा १ हजार ७ सय ३९ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३० हजार ६ सय ७७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय