विराटनगरमा कोरोना संक्रमणबाट एकको मृत्यु

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि १० दिनदेखि घरमै बसिरहेका विराटनगर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको निधन भएको हो।

होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

उच्च रक्तचापबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शनिबार कोभिड उपचार केन्द्र ल्याइएको चिकित्सकले बताए।

उनको उपचारकै क्रममा सोमवार बिहान ३ बजे निधन भएको सामाजिक विकास मन्त्रालयका कोभिड सूचना शाखाका स‌योजक डा. सरोज विशालले जानकारी दिए।

विराटनगरमा संक्रमितको स‌ख्या बढिरहेको भएपनि आइसोलेसन वेडको अभाव रहेको हुँदा स‌क्रमित घरमै बस्न बाध्य छन्।

हालसम्म विराटनगरमा कोरोना स‌ंक्रमित भइ मृत्यु भएकाको स‌ख्या १५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय