टेकू अस्पतालकी आइसियू इन्चार्जलाई एक लाखको उत्कृष्ट निजामति सेवा पुरस्कार

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २२ गते ९:१६

कोभिड १९ महामारीको उपचारमा खटिएक टेकू अस्पतालकी आइसियू इन्चार्ज उषा देवकोटाले यो वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेकी छिन् ।

१७औं निजामती सेवा दिवसको अवसरमा सरकारले १ लाख रासीको उत्कृष्ट निजामी सेवा पुरस्कार प्रदान गरेको हो ।

यस्तो पुरस्कार देवकोटासहित १० जनाले प्राप्त गरेका छन् ।

यसैगरी सरकारले ५० हजार रासीको निजामति सेवा पुरस्कार विभिन्न निकायमा कार्यरत ३० जनालाई प्रदान गरेको छ ।

जसमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टसमेत परेका छन् ।

निजामति सेवा दिवसको अवसरमा अधिकृत छैटौं तहमा कार्यरत देवकोटालाई पुरस्कार प्रदान गरिएको संघीय ममिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको हो ।

देवकोटा टेकु अस्पतालकी आइसियू इन्चार्ज हुन् । देशको एकमात्र सरुवा रोग अस्पतालमा उनी १४ वर्षदेखि सेवामा तल्लीन छिन्।

तर, कोरोना भाइरस महामारीसँगै उनी दिनरात नभनी संक्रमितको उपचारमा सरिक भएकी छिन् ।

अस्पतालले जनस्वास्थ्यको प्रोटोकल अपनाएर काम गरिरहेको बताइन्। त्यसैले अहिलेसम्म कोही पनि स्वास्थ्यकर्मी संक्रमित हुनु नपरेको उनको भनाइ छ।

पढ्नुस्

केही दिनअघि हेल्थपोस्टमा प्रकाशित उषाबारे यो फिचर स्टोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय