सरकारले कोरोना रोकथामको लागि स्वयंसेवकको रुपमा अध्ययरत विद्यार्थी परिचालन गर्ने

सरकारले विभिन्न शिक्षण संस्थानमा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य विधामा  अध्ययनरत विद्यार्थीहरूलाई कोरोना रोकथामा लागि खटाउन सम्झौता भएको जनाए।

डा. गौतमका अनुसार आवश्यकता अनुसार विद्यार्थीलाई स्वास्थ्य सेवा विभागले खटाउने छ।

यसअघि पनि मन्त्रालयले कोरोना रोकथामका लागि स्वयंसेवकको रुपमा सेवा गर्न चाहने स्वास्थ्यकर्मीलाई आवेदन दिन आग्रह गरेको थियो।

तर, सरकारले गरेको सो आव्हानमा धेरै स्वास्थ्यकर्मी इच्छुक नभएपछि मन्त्रालयले विद्यार्थीलाई खटाउने सम्झौता गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय