अब सबै सरकारी अस्पतालले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने

सरकारले सबै सरकारी प्रयोगशालाहरूले सशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरेको छ।

सरकारी प्रयोगशलाहरुले नेशल टेष्टिङ गाइडलाइनमा नपरेका व्यक्तिले कोरोना परीक्षण गर्न चाहेमा शुल्क लिएर गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनका अनुसार सरकारी प्रयोशालाले कुल परीक्षण नुमनाबाट ५० प्रतिशत र ५० प्रतिशत सशुल्क परीक्षण गर्न पाउने छन्।

परीक्षणका आवश्यक भीटीएम, रिएजेन्ट अस्पताल तथा प्रयोगशाला आफैंले किन्नुपर्ने डा. गौतमले बताए।

यसअघि उपत्यकामा तीन अस्पताल पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा कोरोना शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो । प्रदेशमा भने नेशल टेष्टिङ

गाइडलाइनमा नपरेका व्यक्ति स्वइच्छामा परीक्षण गर्न चाहेमा शुल्क लिएर गर्न सकिने मन्त्रालयले जनाएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय