बिएण्डसी अस्पतालका चिकित्सकसहित १२ लाई कोरोना पुष्टि

राजेन्द्र गौतम /झापा
प्रकाशित
२०७७ भदौ २१ गते १७:३६

भदौ २१ – झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत चिकित्सकसहित १२ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरू सबै ३० वर्ष मुनिका छन् । जसमा अधिकांश चिकित्सक र केही अन्य विभागका कर्मचारी छ ।

भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पठाइएको थियो । १४ मध्ये १२ जनाको रिपोट पोजेटिभ आएको हो ।

अस्पताल प्रशासनले प्रयाप्त सुरक्षा सामग्री उपलब्ध नगराइकन जुनियर चिकित्सकहरु बढी मात्रामा ड्युटी खटाउँदा एकैपटक यति धेरै चिकित्सक संक्रमित हुने अवस्था आएको हो ।

उनीहरूलाई कहाँ राख्ने र अस्पताल सञ्चालनका विषयमा अहिले अस्पताल र बिर्तामोड नगरपालिकाबीच छलफल सुरु भएको बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले बताइन् ।

अस्पताल सञ्चालकसहित अस्पतालका प्रशासन प्रमुख समेत बसेर छलफल भइरहेको जनाइएको छ ।

एकैपटक यति धेरै संख्यामा चिकित्सकमा कोरोना पुष्टि भएको संभवत नेपालमै पहिलोपटक हो ।

संक्रमित मध्ये एकजना चिकित्सक मेचीनगर काँकरभिट्टाकी २३ वर्षीया महिला भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सशीकला राईले बताइन् ।

झापाका अन्य संक्रमित नगरपालिकाको ६ र ७ नम्बर वडाका बासीन्दा हुन् । संक्रमण पुष्टि हुनेमा दुईजना सुरक्षकर्मीसमेत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमस १८ वर्षीया एक महिला, ३४ , ३८ व र २५ वर्षका पुरुष रहेका छन् । ३४ वर्षीय र ३८ वर्षीय पुरुष सशस्त्र प्रहरी बल नेपाल कोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरी हुन । वडा नम्बर ७ का २५ वर्षका पुरुष होम क्वारेन्टाइनमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय