कोरोनाबारे बिना तथ्य नबोल्नु, भ्रम छर्नेलाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

कोरोना बारेमा सामाजिक सञ्जालमा भ्रम छर्ने व्यक्तिलाई कानुन अनुसार कारबार्ही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना उब्जाइएको समस्या हो भनेर सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति दिएका जोकोहीलाई पनि कानुन अनुसार कारबार्ही गरिने चेतावनी दिए।

‘कोरोना भ्रम हो। यो उब्जाइएको समस्या हो भनेर सामाजिक सञ्जालमा विभिन्न व्यक्ति बोलिरहनु भएको छ, डा. गौतमले भने,‘ त्यसरी बोल्ने मानिसलाई कानुन अनुसार कारबाही हुने छ।’

हालसम्म कोरोनाको उपचारमा कुनै औषधी तथा खोप पत्ता नलागेको डा. गौतमले बताए।

कसैले पनि बिना आधार, बिना तथ्य नबोल्नको लागि डा. गौतमले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय