काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना,तीनको मृत्यु

काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको बताए।

त्यसैगरी, देशभर आइतबार थप ९ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

देशभर १७ हजार २७ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेको डा. गौतमले बताए।

डा. गौतमका अनुसार आज ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ८ सय १४ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २८ हजार ९ सय ४१ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६३ प्रतिशत रहेको छ।

संक्रमणबाट थप ९ जनाको मृत्यु

पछिल्लो विवरण अनुसार देशभर थप ९ जनाको संक्रमणबाट मृत्यु भएको छ। मन्त्रालयको अनुसार मृत्यु हुनेमा ७ पुरुष र २ जना महिला रहेका छन्।

आइतबार काठमाडौंमा उपत्यकामा ३ जना संक्रमितको मृत्यु भएको डा. गौतमले जानकारी दिए।

डा. गौतमका अनुसार काठमाडौंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरुषको मृत्यु भएको छ।

पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनमा ७० वर्षीय पुरुष रहेका छन्।

त्यसैगरी, मोरङकी ६४ र झापाकी ४५ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको छ।

आज थपिएका सहित देशभर २ सय ८९ जनाको संक्रमणबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय