देशभर थप ९ सय ८० जनामा कोरोना, संक्रमित संख्या ४६ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४६ हजार २ सय ५७ पुगेको बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार देशभर १७ हजार २७ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ८ सय १४ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २८ हजार ९ सय ४१ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६३ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय