उपचारको क्रममा मृत्यु भएकी गोरखाकी वृद्धामा कोरोना पुष्टि

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भई शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाका अनुसार घरमा उपचार गराइरहेकी उनलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

शंका लागेपछि उनको स्वाब लिएर अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको थियो ।

अहिले अस्पतालका स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर र डिस्इन्फेक्सन प्रक्रिया सकेर सेवा सुरु गरिएको डा थापाले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

कास्कीका पाँच, गोरखाका चार, तनहुँका तीन, स्याङ्जा र नवलपुरका दुई/दुई, म्याग्दी, लमजुङ र बागलुङका एक÷एक संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १६ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय