विदेशमा रहेका ५६ हजार ७ सय नेपालीको उद्धार

कोभिड(१९ को संकटका कारण सिर्जित समस्याका कारण विदेशमा समस्यामा परेका तथा अलपत्र परेका नेपालीको उद्धार जारी छ।

गत जेठदेखि हालसम्म चार्टर उडानबाट ५६ हजार ७ सय ७७ जनाको उद्धार भएको
गैरआवासीय नेपाली संघको तथ्यांक छ।

उद्धारका लागि गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगले पहल गर्छन् भने सरकारी अनुमतिमा चार्टर उडानबाट उद्धार गरेर ल्याइन्छ।

हालसम ५८ देशबाट ३ सय ५९ वटा उद्धार उडान भएको तथ्यांक छ।

विदेशमा विभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीको शव पनि ल्याइएको छ।

यसैबीच, शनिबार मध्यपूर्वका ४ देशमा लागु हुने आईएलओको परियोजनाका लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको थियो।

उनले विदेशबाट फर्किएका नेपालीलाई नेपालमै क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाउन लागेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय