प्रदेश ५ मा तीन सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

प्रदेश ५ मा तीन सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीको अवस्थामा अग्रभागमा रहेर काम गरेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा अंगमा संक्रमण देखिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखामा अहिलेसम्म ३ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथ्यांक छ । जसमा नेपाल प्रहरीका १ सय ६४ जना, सेनाका १ सय १४ जना र सशस्त्र प्रहरीका २३ जना परेका मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये बाँकेमा रहेका सुरक्षाकर्मीमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । त्यहाँका ७५ जना प्रहरी, ३० सेना, १५ सशस् गरी १ सय २० जना कोरोना संक्रमण देखिएको हो ।

प्रदेशमा सुरक्षाकर्मी संक्रमण पर्ने जिल्लाको दोश्रो स्थानमा दाङ रहेको छ भने कपिलवस्तु तेश्रो स्थानमा छ । दाङमा २ प्रहरी, ५८ सेनासहित ६० जना संक्रमित छन् भने कपिलवस्तुमा ४९ प्रहरी र ७ जना सशस्त्रसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको पौडेलले बताए ।

यसैगरी, नवलपरासीमा दुई प्रहरी र एक सशस्त्र प्रहरी गरी तीन जना, रूपन्देहीमा २१ प्रहरी, पाल्पामा दुई सेना, प्युठानमा ६ प्रहरी र २३ सेना गरी २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

जनतासंग प्रत्यक्ष जोडिएर सुरक्षा र लकडाउनको पालनाका साथै कोरोना रोकथाम र उद्दारका काममा खटिने क्रममा कोरोना संक्रमण देखिएको मन्त्रालयका अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय