चीनले बनाएको खोप सर्विया र पाकिस्तानले परीक्षण गर्ने, १० देशमा परीक्षण हुँदै

चीनले बनाएको कोरोना विरुद्धको खोप परीक्षणका लागि पाकिस्तान र सर्विया पनि तयार भएका छन्।

चीनको नेशनल बायोटेक ग्रुप र सिनोभ्याक बायोटेक कम्पनीले बनाएको यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण दौडमा थप दुई देश सामेल भएका हुन्।

हालैमात्र टर्की र बंगलादेश पनि यो भ्याक्सिन परीक्षणका लागि सहभागिता जनाउने प्रतिवद्धता गरेका थिए।

सर्वियाले नेशनल बायोटेकको वुहान र बेइजिङ युनिटले तयार गरेका दुई भ्याक्सिन परीक्षण गर्नेछ भने पाकिस्तानले बेइजिङ युनिटको भ्याक्सिन परीक्षण गर्न सहमत भएको रोयटर्सले जनाएको छ।

‘हामीले तेस्रो चरणको यो परीक्षणमा ५० हजार मानिस सहभागी गराउन चाहन्छौँ। त्यसका लागि १० देशमा परीक्षण हुनेछ’ नेशनल बायोटेकका उपप्रमुख झाङ युन्ताओले भनेका छन्।

अहिले यो भ्याक्सिन यूएई, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा तेस्रो चरणको परीक्षण सुरु भइसकेको छ।

झाङका अनुसार विश्वका विभिन्न देशहरुले ५० करोड डोज अग्रिम अर्डर गर्ने इच्छा व्यक्त्त गरिसकेका छन्।

पहिलो वर्षमा भने यो कम्पनीले ३० करोड डोज भ्याक्सिन व्यावसायिक प्रयोगका उत्पादन गर्नेछ। त्यसपछि प्रविधिलाई अझै बढाएर अर्को वर्ष १ अर्ब डोज उत्पादन पुर्‌याउने लक्ष्य लिएको छ।

कम्पनीले चाँडै नै जोखिममा रहेका आफ्ना नागरिकलाई यो भ्याक्सिनको वितरण सुरु गर्नेछ।

चीनमा अहिले पनि फ्रन्टलाइनमा काम गरिरहेका स्वाथ्यकर्मीलाई यो भ्याक्सिन प्रयोग भइरहेको छ।

नेपालमा पनि चीनले खोप परीक्षणका लागि प्रस्ताव गरेको छ तर सरकारले अझै अनुमति दिएको छैन। चीनले नेपालमा रहेका आफ्ना नागरिक र मजदूरहरुमा यो खोपको परीक्षण तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय