कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया महिला, महोत्तरीका ७८ र बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

त्यसैगरी, मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१,५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। नवलपरासीका ३६ वर्षीया महिला, रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन्।

यो सहित देशभर कोरोना संक्रमबाट मृत्यु हुने संख्या २८० पुगेका छ।

शनिबार देशभर १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित कोरोना संक्रमित संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ४ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय