देशभर थप १ हजार ४१ जनामा कोरोना संक्रमण, उपत्यकामा ४ सय ८

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४५ हजार २ सय ७७ पुगेको बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार देशभर १८ हजार ८ सय ७० संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ४ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ५ सय ६६ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २७ हजार १ सय २७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६० प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय