प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाउने प्रति कारबाही गर्न संघको माग

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २० गते १५:५९

केही व्यक्तिहरुले आफूलाई प्राकृतिक चिकित्सक हुँ भन्ने दाबी गर्दै सर्वसाधारण तथा संचार माध्यमलाई कोरोनाका विषयमा भ्रम फैलाउने गरेको भन्दै प्राकृतिक चिकित्सक संघले आपत्ति जनाएको छ ।

शनिबार एक विज्ञप्ती गर्दै संघले निजहरु प्राकृतिक चिकित्सक नभएको र काउन्सिलमा पनि दर्ता नभएकोले उनीहरुको अभिव्यक्ति प्रति विश्वास नगर्ने आग्रह गरेको छ।

केही गैर चिकित्सकले प्राकृतिक चिकित्साका नाममा भ्रम फैलाउने र नकारात्मक धारणा सिर्जना गराउने खालका अभिव्यक्तिहरु दिएकोमा कारवाहीको दायरामा ल्याइनुपर्ने संघले सरकोरवाला निकाय सँग माग गरेको छ।

त्यसैगरी, कुनै पनि व्यक्तिले प्राकृतिक चिकित्सक हु्ँ भनी अभिव्यक्ति दिदा निज आधिकारिक प्राकृतिक चिकित्सक हो कि होइन एकिन गरेर मात्र निजहरुको अभिव्यक्ति सम्प्रेषण गर्न संचार माध्यमलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय