अल्का अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गोदावरी जंगलमा मृत भेटिइन

अल्का  हस्पिटलमा कार्यरत महिला कर्मचारी गोदावारीको मुलडोल जंगलमा मृत भेटिएकी छन्। गोदावरी नगरपालिका–१० मुलडोल सामुदायिक जंगलमा शुक्रबार मृत भेटिएको महानरीय प्रहरी परिसरले जानकारी दिएको छ।

शुक्रबार दिउँसो पाँच बजेतिर स्थानीयले जंगलमा शव भेटिएको खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि रुखको फेदमा घोप्टो परेको अवस्थामा शव फेला परेको चापागाउँ प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।

उनका अनुसार चुनिखेलमा बस्दै आएकी ३७ वर्षीया गीता केसी हुन्। उनी कसरी गोदावरीको जंगलमा पुगेकी थिइन् भन्ने विषयमा जाँचबुझ भइरकेको उनले बताए।

‘पूरा जानकारी आएको छैन, अल्का हस्पिटलमा कार्यरत स्वास्थ्य सरसफाइ कर्मचारी भन्ने बुझिन आएको छ, अरु विवरण हामी बुझ्दैछौं’, उनले भने।

अस्पताल प्रशासनका अनुसार उनी जनरल वार्डमा कार्यरत थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय