संक्रमण मुक्त भएपछि डा. चौधरीले भने–चिकित्सकीय सल्लाह र व्यवस्थापनले बाँचियो

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ भदौ २० गते १३:०९

अस्पतालबाट डिस्चार्ज हुदै डा. चौधरी र विदाई गर्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका स्वास्थ्यकर्मीहरु

प्रदेश ५का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीले कोरोना जितेका छन्। २५ दिनको उपचारपछि उनी शनिवार डिस्चार्ज भएका हुन्।

उनलाई कोरोनाको लक्षण भने देखिएको थिएन। तर, अस्पताल भर्ना भएपछि भने उनको अवस्था जटिल बन्दै गयो। ‘मृत्युको मुखबाट फर्किएँ’ डिस्चार्ज हुँदै गर्दा उनले भने ‘मेरो त सासै बन्द भइसकेको थियो।’

डा.चौधरीलाई रेमडिसिभिर औषधी चलाइएको थियो। प्रदेश ५मा पहिलोपटक यो औषधी प्रयोग गरिएका चौधरी निको भएका हुन्। प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनलाई नौ दिनसम्म १० भाइल रेमडिसिभिर चलाइएको थियो।

उनी निको भएपछि अहिले प्रदेश ५मा अहिले १५ जनामा रेमडिसिभिर औषधी प्रयोग गरिएको छ।

सरकारले अनुमति दिएपछि अहिले काठमाडौंमा रेमडिभिर आइसकेको छ। बुटवलमा भने उक्त औषधी पुगेको छैन। त्यसैले संक्रमित आफैले औषधी किनिरहेका छन्।
कोरोना नियन्त्रणका लागि खटिइरहेका बेला डा. चौधरी संक्रमित भएका थिए।

‘सास फेर्न अप्ठ्यारो मात्रै होइन मेरो त सासै बन्द भइसकेको थियो, शरिरमा अक्सिजनको मात्रा कम भइसकेको थियो’ उनले भने ‘कोरोनाको अत्यधिक कम्प्लिकेसन देखियो, चिकित्सकीय सल्लाह र व्यवस्थापनले बाँचियो।’

डिस्चार्ज भएपछि अहिले उनी घरमै छन्।  अबको एकहप्ता उनी घरमै आराम गर्नेछन्। त्यसपछि स्वास्थ्य अवस्था हेरेर मन्त्रालयको काममा फर्किने उनले बताए।

कोरोना संक्रमण भएको हप्तादिनसम्म होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा उनको उपचार भएको थियो।

अस्पतालका अनुसार कोरोनाबाट उनमा निमोनिया देखिएपछि डा. चौधरीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको थियो। उनको सबै परिवारमा कोरोना संक्रमण देखिएपनि डा।चौधरी बाहेक सबैजनाले होम आइसोेलेसनबाट कोरोनालाई जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय