पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सामा थप एकजना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचारको त्रममा शुक्रबार राति मृत्यु भएको हो।

पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।

उनका अनुसार क्षयरोगका पुराना बिरामी रहेका ती पुरुष विगत १५ दिनदेखि उपचाररत थिए। कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्ध गत भदौ ५ मा कोभिड अस्पतालमा भर्ना भएका थिए।

कोभिड अस्पतालमा उपचारको क्रममा उनको दुवै फोक्सोमा निमोनिया भएको पाइएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय