बिमा समितले आमनागरिकको नैसर्गिक अधिकारमा बन्देज लगायो : अफिन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २० गते १२:०७

सरकारले स्वीकृति दिएर सेवा सञ्चालन गरिरहेका निजि ल्याबहरूको रिपोर्टको आधारमा बिमा नपाइने बिमा समितिको निर्णय विभेदकारी रहेको एशोसिएन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) जनाएको छ।

एक विज्ञप्ति निकाल्दै बिमा समितिले गरेको सो निर्णय गैर जिम्मेवार रहेको र आमनागरिकलाई आफ्नो रोगको निदान गर्न पाउने नैसर्गिक अधिकारमा समेत बन्देज लगाएको जनाएको छ।

केहि दिन अघि बिमा समितिले निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने जनाएको थियो।

समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका थियो।

यस्तो गैरजिम्मेवार एवं द्वैध प्रवृत्तिजनक निर्णय अविलम्व खारेज गरी राज्यले अङ्गीकार गरेको प्राइभेट, पब्लिक, पार्टनरसिपको अवधारणाअनुरूप इजाजत प्राप्त निजी क्षेत्रलाई कुनै पनि कमी–कमजोरीको प्रमाणविना निर्वाधरूपमा कार्य गर्न पाउने अधिकारबाट वञ्चित गर्ने कुनै पनि नीतिनियम निर्माण गर्ने कार्य अविलम्ब बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय