डा.सुजितकुमार साहको रहस्यमय मृत्युको छानबीन गरियोस : चिकित्सक संघ

नेपाल चिकित्सक संघले कलेजो प्रत्यारोपण चिकित्सक डा.सुजितकुमार साहको मृत्युबारे छानबीन गर्न सरकारसँग माग गरेको छ ।

संघले शनिबार एक विज्ञप्ती जारी गर्दै सरकारसँग अद्वितीय क्षमता भएका चिकित्सकले आत्महत्या गरेको भनी आएका समाचारले उक्त घटना रहस्मय भएको र के कारणले घटना भएको हो भन्नेबारे यथार्थ विवरण बाहिर ल्याउन माग गरेको छ।

त्यसैगरी संघले डा. शाहको निधनभएको प्रति दुख व्यक्त गर्दै परिवाजन, इष्टमित्र तथा आफन्तप्रति समवेदना प्रकट गरेको छ।

भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.साह मृत अवस्थामा भेटिएका थिए।

पोखराको मनिपालबाट एमबिबिएस गरेका साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका थिए ।

सिराह स्थायी घर भएका उनले अल इन्डिया मेडिकल इन्टिच्युट एम्सबाट एमसिएच गरेका थिए ।

साहको श्रीमती र एक छोरी छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय