बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना नवलपरासी प्रतापपुर गाउँपालिकाकी महिला हुन् भने अर्का बुटवलका पुरुष हुन्।

दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहे पनि अरु कुनै दीर्घरोगको समस्या थिएन।

लुमिवनि प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार बिहान ६ बजे र बुटवल– ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरूको भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय